दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत ८ गते हुने
दाङ – दाङको महेन्द्र बहुमुखी क्याम्पसको आइतबार चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ ।
क्याम्पसमा तालाबन्दी गरिएको बिषयमा विप्लवको अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमति अनुसार स्यववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको हो ।
क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।
शुक्रबार अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष खुमबहादुर केसी(खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच भएको छलफल अनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै स्ववियु निर्वाचन सारिएको हो ।