नेभिगेशन
समाचार

राप्रपाको संसदीय दल उपनेतामा बुद्धिमान तामाङ चयन

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङलाई चयन गरेको छ ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै छन् । शनिबार बसेको बैठकले संसदीय दलको विधान पनि पास गरेको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार