देशैभर स्ववियु निर्वाचनको उत्साहपूर्ण मतदान [तस्बिर कथा]
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा देशै भरि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा मतदान भइरहेको हो । १४ वर्षपछि भइरहेको मचदानमा विद्यार्थीह उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन ।
उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान भइरहेको छ ।
उपत्यकताबाहिरका क्याम्पसहमा पनि शान्तिपूर्वक मतदान भइरहेको छ ।
मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको निर्वाचनमा मतदान गर्दै विद्यार्थीहरू
जनकपुरको राराब क्याम्पसको निर्वाचनमा मतदान गर्दै विद्यार्थीहरू
कपिलवस्तुको शिवराजमा रहेको समयथान बहुमुखी क्यापसमा मतदान गरिँदै
काठमाडौँको क्षत्रपाटी धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा स्वतन्त्र विधार्थी युनियनमा ममदानमा सहभागि विद्याथीहरू
जुम्ला बहुमुखी क्याम्पस जुम्लामा मतदानमा सहभागी विद्यार्थीहरू
त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा सहभागी विद्यार्थीहरू
सहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा विद्यार्थीहरू मतदानमा
तस्बिरहरू : रासस