कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सत्तापक्षमा बस्ने
काठमाडौं-नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । साथै कांग्रेसले संसद्को आइतबार बस्ने बैठकमा सत्तापक्षमा बस्ने पनि निर्णय गरेको छ ।
आइतबार बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
आइतबार मध्याह्न १२ बजे संसद् भवनकै ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्नेछ । संसदीय दलको बैठकबाट यी निर्णय अनुमोदन गरिनेछ । आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ११:४६
प्रतिक्रिया दिनुहोस्