सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २९ सयले बढ्यो
काठमाडौं-नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
छापावाल सुन तोलामा २ हजार ९ सयरुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ११:५३
प्रतिक्रिया दिनुहोस्