नेभिगेशन
विश्व

बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं–बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा आइतबार बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । 

हालै निर्माण गरिएको द्रुतमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको छ । द्रुत गतिमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ । 

थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बंगलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत वर्ष सडक दुर्घटनामा ० हजार ९५१ जनाको मृत्यु भएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन