Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, वेदुराम भुसाल बने उपाध्यक्ष

आइतबार, चैत ५, २०७९

काठमाडौं–नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ ।

पार्टीको आइतबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्र्दै भुषाललाई महासचिवमा चयन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै यसअघि महासचिव रहेका वेदुराम भुसाललाई उपाध्यक्ष बनाइएको छ ।

‘नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । महासचिवमा घनश्याम भुसाल र उपाध्यक्षको जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ’, उनले भने ।

त्यस्तै बैठकले सरकारलाई विश्वासको मत दिएर सरकारमा सामेल हुने समेत निर्णय गरेको छ । पार्टीले १९ सदस्यीय सचिवालय बनाउने र ४ उपाध्यक्षलाई सचिवालयमा तान्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्