Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको अवस्थाः आफैले बनाएको सरकारको विपक्षी बेन्चमा

आइतबार, चैत ५, २०७९

काठमाडौँ– नेकपा एमाले अप्रत्यासित विवसता भोग्न तयार भएको छ । आफैले बनाएको सरकारको विपक्षमा एमाले पुगेको छ ।

राष्ट्रपति निर्वाचनको क्रममा सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले एमालेलाई सहयोग नगर्ने भएपछि एमाले आफैले बनाएको सरकारको विपक्षमा बसेको हो । गत पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष पहलमा अहिलेका  प्रधानमन्त्री पुष्पकमल दाहाद ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । 

माओवादीले एमालेका उम्मेदवारलाई राष्ट्रपतिमा भोट नहाल्ने भनेपछि गत फागुन १५ गते एमाले सरकारबाट फिर्ता भएको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सो परिस्थितिपछि आज पहिलो पटक बसेको प्रतिनिधिसभा बैठकमा एमाले विपक्षी बेन्चमा बसेको हो ।

यद्यपि, सरकार बनेको समयदेखि विपक्षमा बसेको नेपाली काँग्रेस आज सरकार पक्षमा बसेको छ । तर, काँग्रेस भने सरकारमा सहभागी भइसकेको छैन । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै काँग्रेसलाई पनि सरकारमा लैजाने गृहकार्य थालेका छन् ।

सरकार निर्माण हुँदा विपक्षमा रहेको नेपाली काँग्रेस आजको प्रतिनिधिसभा बैठकमा सरकार पक्षमा बसेको छ भने एमाले विपक्षमा बसेको छ । यस्तै, प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेलेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अहिले विपक्षमा बसेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्