Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबै दलको विश्वासको मत पाउँछु : प्रधानमन्त्री प्रचण्ड

आइतबार, चैत ५, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने सबै दलले आफूलाई विश्वासको मत दिने विश्वास गरेका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सतप्रतिशत सांसदको विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताए । 

यसअघि आफूले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरे पनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनको भनाइ छ ।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एमाले सरकारलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएपछि प्रचण्ड पुनःविश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्