Nic Ad Nic Ad
Nic Ad Nic Ad

कक्षाकोठामै प्राथमिक उपचार

आइतबार, चैत ५, २०७९

विराटनगर –मोरङको रमाइलो बजारस्थित एक सामुदायिक विद्यालयमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । 

कानेपोखरी गाँउपालिका–६ रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालय सञ्चालित यस कार्यक्रममार्फत दैनिक १५ देखि २० जना विद्यार्थीले सेवा लिइरहेका छन् । 

विद्यालयमा कुल १ हजार ३१७ जना विद्यार्थी अध्ययनरत छन् । जसमा ५५ प्रतिशत छात्रा छन् । कोशी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि विद्यालय आफैले खरिद गर्ने गरेको छ भने केही सामग्री गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देलको भनाइ छ ।

‘कार्यक्रम अन्तर्गत विद्यालयले छात्रालाई महिनावारीको समयमा निःशुल्क प्याड उपलब्ध गराइन्छ’, विद्यालयमा कार्यरत नर्स आश्मा आचार्यले भनिन्, ‘कुनै समस्या भए प्राथमिक उपचार गरी अस्पताल पठाउने गरेका छौँ ।’
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार