नेभिगेशन
खेलकुद

नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेटमा भारत विजयी

मोरङ– विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ ।

विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी (विसिसिए) लाई  पराजित गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रन बनाएको थियो । 

भारतीय क्रिकेट एसोसिएसनले १९ दशमलव १ बलमा ४ विकेट गुमाई  लक्ष्य हासिल गरेको थियो । 

चार खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद