Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेश बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, ३० घाइते

सोमबार, चैत ६, २०७९

ढाका– बंगलादेशको मदारीपुरमा आइतबार भएको बस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

ढाका ट्रिब्युनले जनाएअनुसार आइतबार बिहान ढाकातर्फ जाँदै गरेको बस पद्मा पुलको सडकबाट मदारीपुरको शिबचार उपजिल्लाको कुतुबपुर नजिक खाल्डोमा खस्दा सो दुर्घटना भएको हो । 

बसमा कम्तीमा ५० जना सवार रहेको बुझिएको छ । घाइतेहरूको शिवचर उपजिल्लास्थित स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो ।

घटनाबारे अनुसन्धान जारी छ । मृतकको सङ्ख्या बढ्नसक्ने गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०५:४४
प्रतिक्रिया दिनुहोस्