रियललाई हराएपछि बार्सिलोनाको उपाधि होड बलियो
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराएको छ ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियललाई २–१ ले हराएको हो ।
बार्सिलोना आत्मघाती गोलका कारण नवौँ मिनेटमै पछि परेको थियो । रोनाल्ड अराउजोले आत्मघाती गोल गरेका थिए ।
तर, खेलको ४५ औँ मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
फ्रान्क केस्सीले खेलको अन्त्यतिर इन्जुरी समयमा गोल गरेपछि बार्सिलोनाले महत्वपूर्ण जित हासिल गर्यो ।
यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी रियललाई हराउन सफल भएको छ । १६ अक्टोबर २०२२ मा ३–१ को जित निकाले यता रियलले बार्सिलोनालाई हराउन सकेको छैन ।
एल क्लासिकोमा निकालेको यो जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिएको छ । उपाधि होडमा उ निकै अगाडि पुगेको छ ।
बार्सिलोनाको २६ खेलबाट ६८ अंक भएकाे छ । पराजित रियल दोस्रो स्थानमा कायम छ । उसको ५६ अंक छ ।