Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्वतमा अपाङ्गता भएका १३९ बालबालिका विद्यालय जानबाट बञ्चित

सोमबार, चैत ६, २०७९

पर्वत– जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
 
भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९  अपाङ्गता भएका बालबालिकामध्ये एक सय ३९  विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका १०२ र कालिकामा ३७ विद्यालय बाहिर छन् ।
 
भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिइन् । उनीहरूलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताइन् ।
 
इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन  र कालिकामा नौ  बालबालिका केन्द्रमा छन् ।
 
अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिइन् । उनीहरूमध्ये तीन सय हाराहारी भरतपुरभित्रका  छन् । विश्वमा जन्मने ४४  बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिइन् । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१  बालबालिका अध्ययन गर्दै आएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार