विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपाली खेलाडी सञ्जयले जिते रजत
काठमाडौँ– नेपालका सञ्जय राईले १८औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित भएका हुन् ।
त्यसअघि नेपालले तीन कास्य पदक सुरक्षित गरिसकेको थियो । पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुलीले कास्य जितेका थिए ।
महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कास्य दिलाएकी थिइन् । यसअघि विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कास्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई सङ्घले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १०:०३
प्रतिक्रिया दिनुहोस्