नेभिगेशन
सुरक्षा–अपराध

सरकारले गर्‍यो ५ डिआइजीलाई एआइजीमा बढुवा

काठमाडौँ– सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको हो ।

गृह मन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुन १५ दिनअघि उनीहरूलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ