नेभिगेशन
समाचार

संसदीय दलकाे बैठकमा ओलीले भने– प्रचण्डलाई एमालेले विश्वासको मत दिन सक्तैन

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् ।

जारी संसदीय दलको बैठकमा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएको एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । यसैबार निर्णय गर्न एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए ।

सरकारलाई समर्थन गरेका एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्रीले पुनः प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार