Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाका मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित

सोमबार, चैत ६, २०७९

काठमाडौँ– निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा)की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको जानकारी गराएको छ । 

आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको छ । 

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन् । ।

विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमानको निधन भएपछि सो पद रिक्त भएको थियो । 

सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मा निर्वाचित भएको आयोगले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । शर्मालाई प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोगको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी सङ्घीय संसद् र सम्बन्धित दललाई दिइने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्