नेभिगेशन
मनोरञ्जन

प्रदीप खड्कालाई पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड

चलचित्र  ‘प्रकाश’बाट उनीसँगै दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्

काठमाडौँ– अभिनेता प्रदीप खड्काले पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । 

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा अभिनेता खड्काले चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

चलचित्र  ‘प्रकाश’बाट उनीसँगै दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । चलचित्रमा उनीहरुले आमा–छोराको भूमिका निभाएका थिए ।

प्रदीपले पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड जित्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘अवार्ड पाउँदा आफैंलाई अचम्म लागिरहेको छ । मैले फिल्म गर्न थालेको ७/८ वर्ष भयो । अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ ।अवार्ड पाउँदा हर्षित छु ।’

चैत २ देखि ६ गतेसम्म आयोजना भएको निफ महोत्सव समापन समारोहमा नम्रता श्रेष्ठ, प्रियंका कार्कीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन