Nic Ad Nic Ad
Nic Ad Nic Ad

तुलसीपुरका पसलमा हुँदैन मूल्यसूची, अनिवार्य राख्न आग्रह

मंगलबार, चैत ७, २०७९

तुलसीपुर– दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिए ।

samridhi jewllers

उनले भने, ‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्यो । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।’

मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताए । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ ।

त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उनले बताए । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्छ भने ।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिए । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्