Nic Ad Nic Ad
Nic Ad Nic Ad

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको अपिल

मंगलबार, चैत ७, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गरेका छन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा समामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यस्तो अपिल गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०७:२१
प्रतिक्रिया दिनुहोस्