Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेशबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका क्रिकेटरलाई नगदसहित पुरस्कृत गर्ने

मंगलबार, चैत ७, २०७९

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने छ खेलाडीलाई जनही रु एक लाखसहित पुरस्कृत गर्ने निर्णय छ । 

प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित खेलाडीलाई सम्मान गरिने बताए ।  नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्युठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।
 
त्यस्तै यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच खेलाडीलाई पनि जनही रु ५० हजारसहित सम्मान गर्ने निर्णय भएको उनले बताए ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापामगरलाई नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्