नेभिगेशन
समाचार

मन्त्रालय बाँडफाँडबारे आजदेखि छलफलमा जुट्दै सत्ता गठबन्धनमा आबद्ध दल

काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रालय बाँडफाडँबारे आजदेखि छलफलमा जुट्ने भएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वसको मत लिएपछि चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका थिए । सोहीअनुरूप आजैदेखि सत्ता गठबन्धनमा आबद्ध दलहरू आजैदेखि छलफलमा जुट्न लागेका हुन् ।

‘सोबार बिहानबाटै सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो–जो दलसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २÷४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ,’ प्रचण्डले भनेका थिए । 

सत्ता गठबन्धनमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाहेक संसद्मा रहेका प्रायः सबै दल आबद्ध छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार