Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज घोडेजात्रा, यस्तो छ ऐतिहासिक महत्त्व

मंगलबार, चैत ७, २०७९

काठमाडौँ– आज घोडेजात्रा । यो विशेषगरी नेवार समुदायमा मनाइने एक ऐतिहासिक प्रसिद्ध चाड हो । यो चाडलाई नेवार समुदायले पाहांचःह्रे भन्ने गर्छन् ।

यो चाडमा विशेषगरी जन्मघर त्यागेर ‘पराइघर’ गएका विवाहित छोरीचेलीलाई बोलाएर भोज खुवाउने चलन रहेको छ ।

यो चाड नेवार समुदायमा पनि भिन्न–भिन्न तरिकाले मनाउने गर्दछ। काठमाडौँ, भक्तपुर र ललितपुर गरी ३ जिल्लामा रहेका नेवार समुदायको भिन्न–भिन्न तरिका रहेको छ । यो चाडमा विवाहित चेलीको कर्मघरमा  देवता खट लगिन्छ । 

यो चाडलाई दिदी–बहिनीको भेट हुने चाडको रूपमा पनि लिइन्छ । जसरी देवता चेलीबेटीको घर–घर लग्ने परम्परा छ । सोहीअनुरूप खट जुढ्नेलाई नै धार्मिक मान्यतामा देवीहरूको भेट भएको मानिन्छ । 

घोडेजात्रा पर्व देवी– देवताको पालादेखि चलिआएको उपत्यकाबासीहरू विश्वास गर्छन् । यसर्थ, अझै पनि काठमाडौँको नरदेवीमा देवता नाच देखाउने चलन रहिआएको छ ।

नरदेवी श्री श्वेतकाली देवीनाच घोडेजात्राको एक दिनअघि नरदेवी डबलीमा देवीनाँच आरम्भ गरिन्छ । साँझ करिब ७ बजे ङतपाचोस्थित मूल द्यःछेँबाट देवीनाँच आरम्भ गरेपछि करिब रातको १० बजेसम्ममा नरदेवी डबली ल्याइपुर्याइने गरिन्छ । त्यसपछि राति करिब १२ बजेसम्म डबलीमा देवीनाच प्रदर्शन गर्ने गरिन्छ । र, घोडेजात्राको दिन भने पुनः बिहान करिब ६ बजेबाट दोस्रो चरणको देवीनाँच प्रदर्शन गरिने गरिन्छ ।  नाच सम्पन्न भएपश्चात् साँझ करिब ५ बजे नरदेवी डबलीबाट पुनः ङतपाचो द्यछेँमा ‘फिर्ती सवारी’ हुने गरिन्छ । तर, मौसम अनुकुल हेरेर देवीनाँच प्रदर्शन गर्ने गरिएको छ । सामान्यतय, तय गरिएको समयमा मौसमले साथ नदिए अनुकुल हुनेसम्म प्रतीक्षा गरेर प्रदर्शन गर्ने गरिएको छ । मुख्यजात्रा हुने देवी–देवता श्री कंकेश्वरी माता, श्रीलुमडीः भद्रकाली , श्री वचु भद्रकालीलगायत काठमाडौँका स्थानीय देवी–देवताहरूको खटजात्रा हुने गर्दछ । 

त्यस्तै आजको दिन घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले विभिन्न कला प्रदर्शन गर्ने गरेको छ । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाइन्छ । र, जात्रामा रसुवादेखि लिउरु विभ्भिन ठाउँबाट मानिस आउने गर्छन् । जात्रा हेनै विशिष्ठ व्यक्तिहरू पनि आउने गर्छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्