नेभिगेशन
पुँजी बजार

५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५०० रुपैयाँ बढेको छ । 

छापावाल सुन तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँले बढेको छ । उक्त सुन तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्