Nic Ad Nic Ad
Nic Ad Nic Ad

वल्र्ड लिंकमा सबैभन्दा ठूलो लगानी

मंगलबार, चैत ७, २०७९

काठमाडौं –वल्र्ड लिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड रुपैयाँ संयुक्त लगानी प्राप्त गरेको छ । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८ दशमलव ४ मिलियन डलर अर्थात् १ अर्ब ८ करोड नेपाली रूपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६ दशमलव ९ मिलियन डलर अर्थात् ९० करोड नेपाली रूपैयाँ बराबरको लगानी वल्र्ड लिंकले प्राप्त गरेको हो ।  

यो लगानी इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो हो । सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् १ अर्ब ३५ करोड नेपाली रूपैयाँ बराबरको लगानी बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट कम्पनीले पाइसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७ दशमलव २ मिलियन डलर अर्थात् ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो । 

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरू विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणरस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ ।  

वल्र्ड लिंकका अध्यक्ष तथा प्रवन्ध निर्देशक दिलिप अग्रवालले यस साझेदारीले ‘जुनसुकै बेला र जहाँ पनि जडान’ गर्ने उद्देश्यलाई अभिप्रेरित गरेको र नेटवर्कको थप विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्