Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु

मंगलबार, चैत ७, २०७९

काठमाडौं–दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु गरेको छ । कम्पनीले दराजबाट  १३ मार्चदेखि १७ सम्म प्रि–अर्डर बुकिङ गरेको थियो ।  

सामसुङ ग्यालेक्सी एम ०४ सामसुङको पछिल्लो स्मार्टफोन भएको र यसमा १ टिबीसम्मको एक्सपाण्डेबल स्टोरेज रहेको कम्पनीले जनाएको छ । 

यसैगरी फोन स्मार्टफोन मिडिया टेक हिलियो पि ३५ प्रोसेसरद्वारा परिचालित तथा ५ हजार एमएएच ब्याट्री र १६.५५ सेमी एचडी प्लसको डिस्प्ले, ¥याम विस्तार गर्न सकिने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

बजारमा यस स्मार्टफोनका ४–६४ र ४–१२८ जिबीको दुई भेरियन्टमा पाइने भएको छ भने यसको मूल्य क्रमशः १५ हजार ४९९ र १७ हजार ४९९ रूपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । साथै ग्राहकले यो फोनको खरिदमा ५ सय रूपैयाँको भौचर पनि प्राप्त गर्ने कम्पनीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्