Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ मन्त्रालयमा नेकपा एसको दाबी, सरकारमा जान कार्यदल बनाइयो

मंगलबार, चैत ७, २०७९

काठमाडौं–नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागि हुने निर्णय गरेको छ ।

पार्टीले सरकारमा जान ३ मन्त्रालयमा दाबी पेस गर्ने तयारी गरेको छ । पार्टीले कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालयमा दाबी गर्ने बताएको छ ।

मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षहरू प्रमेश हमाल र वेदुराम भुसालसहित कार्यदल गठन गरेको हो ।

कार्यदलको प्रारम्भिक छलफलमा जनतासँग जोडिएर काम गर्ने मन्त्रालय आफूले लिनुपर्ने सुझाव आएको उपाध्यक्ष बेदुराम भुसालले जानकारी दिए ।

‘जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएको छ’, भुसालले भने ।

यस्तै, कार्यदलले गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्