Nic Ad Nic Ad
Nic Ad Nic Ad

१, २ दिनभित्रै कांग्रेस सरकारमा जान्छ : शेखर कोइराला

मंगलबार, चैत ७, २०७९

काठमाडौं–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आर्थिक सुधार गर्ने जिम्मा नेपाली कांग्रेसमाथि आएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको योगदानबारे आयोजित अन्तर्क्रिरयामा उनले कांग्रेस एक÷दुई दिनमै सरकारमा जान लागेको बताए ।

‘नेपाली कांग्रेस एक÷दुई दिनमै सरकारमा जाँदैछ । अब कांग्रेससँग गल्ती गर्ने छुट छैन । नेपालमा देखिएको आर्थिक मन्दीलाई कांग्रेसले गम्भीररूपमा लिएको छ । त्यसको जिम्मेवारी कांग्रेसले लिन्छ,’ उनले भने ।

उनले गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको २०४८ देखि २०५१ सम्मको समयलाई ‘गोल्डेन टाइम’ रहेको बताए । उनले सो समयमा देशको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले नेपालको आर्थिक अवस्थालाई व्यापक सुधार गरेको स्मरण गरे। 

उनले आइएमएफले खराब कर्जाबारे अनुसन्धान गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको भन्दै देशको अवस्था सुधार्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए । ‘प्रचण्डजी नेतृत्वको सरकार छ । देशको आर्थिक अवस्था नाजुक छ । त्यसको सुधार हामीले गर्नुपर्छ,’ उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्