Nic Ad Nic Ad
Nic Ad Nic Ad

आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती

मंगलबार, चैत ७, २०७९

लालबन्दी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन् ।

‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘४६ को जनआन्दोलनपछि ६२/६३ को आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित छ ।’

नेपाली समाजको शल्यक्रिया गरिनु आजको आवश्यकक्ता भएको उल्लेख गर्दै उनले नेपाली संस्कृतिको मनोविज्ञानबाट अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । अब एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्