नेभिगेशन
मनोरञ्जन

‘प्रसाद–२’ को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक [भिडिओ]

काठमाडौँ– नेपाली बक्स अफिसमा हिट भएको चलचित्र  ‘प्रसाद’पछि सुदर्शन थापाले निर्देशन गरेको ‘प्रसाद–२’ को पहिलो गीत सार्वजनिक भएको छ। 

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत  चलचित्रमा  ‘मार्सी धान’ बोलको पहिलो गीत आज सार्वजनिक गरिएको हो । 

राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको गीतमा राजनराजकै शब्द तथा संगीत छ। गीतमा विपिन कार्की, केकी अधिकारी, आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य देख्न सकिन्छ।

सुशील पौडेलले तयार पारेको चलचित्रको कथामा राजनीतिक र सामाजिक परिवेश चित्रण गरिएको छ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ।

सुदर्शन बस्नेतले निर्माण गरेको चलचित्रमा राजेश श्रेष्ठले छायांकन गरेका छन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो । यो फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुने निमौण पक्षले जानकारी दिएको छ ।

भिडिओ हेरौँ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन