Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक अमेरिकी डलर बराबर एक लाख ३५ हजार लेबनानी पाउन्ड, देशभर प्रदर्शन

मंगलबार, चैत ७, २०७९

लेबनान– लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् । 

लेबनान राष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजारमा उल्लेखनीय गिरावट भएपछि एक हप्ता अघि एक लाखबाट प्रति अमेरिकी डलर एक लाख ३५ हजार  लेबनानी पाउन्डमा  पुगेको थियो ।

लेबनानी मुद्राको तीव्र अवमूल्यनले खाद्यान्न र इन्धनको मूल्यमा चर्को वृद्धि भएको छ । लेबनानी नागरिकहरूले राजधानी बेरुत, उत्तरी शहर त्रिपोली र दक्षिणी शहर टायरमा  प्रदर्शनका करममा सडक अवरुद्ध गरेका छन्  ।

Lebanese pounds equal to one US dollar11679411797.JPG

सन् २०१९ देखि लेबनानले ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ । जसले लेबनानी जनसङ्ख्याको ८० प्रतिशत भन्दा बढी गरिबीमा पुर्याएको छ । 

अन्तरराष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने सहायताको व्यवस्थापन गर्दै देशलाई पुनरुत्थानको बाटोमा लैजान आवश्यक सुधारका कार्यक्रम कार्यान्वयन गर्न मुलुक अहिलेसम्म असफल भएको देखिएको छ जसबाट चरम, गरिबी र मूल्यवृद्धिको मारमा जनता पिरोलिएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्