नेभिगेशन
साहित्य
कविता दिवस

कविता : रुमल्लिएँ धेरै चोटी, बाटो भरी कुहिरो थियो...

कविता दिवसको सर्न्दभमा कवि सन्तोष पौडेलको कविता

रुमल्लिएँ धेरै चोटी

बाटो भरी कुहिरो थियो  

अलमलिएँ  धेरै चोटी 

यात्रा भरी पहिरो थियो ।

...

रक्ताम्य छन् पाउ हेर 

बाटो भरी काँडा थियो 

थाक्न खोजेँ धेरै चोटी 

गन्तव्य त टाढा थियो ।

...

साउँ थिएन पुल थिएन 

तर्नु पर्ने जंघार थियो 

अघी तरे जित थियो 

पछी सरे हार थियो ।

...

आइपुगेँ म यहाँ सम्म 

आउन साँच्चै गार्हो थियो 

हारेन म केहीसँग 

जिवनयात्रा प्यारो थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य