नेभिगेशन
विश्व

इरानको आरोप– इरानी महिलालाई समर्थन गर्ने अमेरिकी सरकारको दाबी नक्कली

तेहरान– इरानी विदेश मन्त्रालयका प्रवक्ताले इस्लामिक गणतन्त्रका जनताविरुद्ध अमेरिकी प्रतिबन्धहरू तीव्र पार्ने सन्दर्भमा इरानी महिलाहरूलाई समर्थन गर्ने अमेरिकी सरकारको दाबीलाई ‘नक्कली’ भनी आलोचना गरेको छ। 

प्रवक्ता नासेर कनानीले इरानको नयाँ वर्षको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानीहरूलाई बधाइ दिएको सन्देशको जवाफमा नाउरोजको पहिलो दिन एक ट्विटर पोस्टमा उक्त टिप्पणी गरेका हुन् ।

इरान र यसका जनताप्रति ‘शत्रुता’ अमेरिकी सरकारको विदेश नीतिको ‘स्थापित’ अंश हो, जुन प्रत्येक वर्ष उनीहरूका अधिकारीहरूको नाउरोज सन्देशहरूमा स्पष्ट हुन्छ, कनानीले भनेका छन् । अमेरिकी सरकार र यसका इरानविरोधी नेताहरूको ूपाखण्ड र शत्रुताू स्पष्टरूपमा प्रतिबिम्बित छ । 

राष्ट्रपति बाइडेनको सन्देशमा उल्लेख गरिएको छ– इरानी महिलाहरू आफ्नो मानवअधिकार र मौलिक स्वतन्त्रताको लागि लडिरहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन