नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका केही भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको अनुमान छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता