Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनको प्रश्न– मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

बुधबार, चैत ८, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको बातावरण बनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आज बिहान यस्तो आग्रह गरेका हुन् ।

मंगलबार एक कार्यक्रममा केही युवाले चर्को ब्यानदरको विरोध गर्दै प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले ती युवाहरूको मुख थनिनिएर लछारपछार पार्दै पक्रेका थिए ।

लिङ्देनले गणतान्त्रिक व्यवस्थामा बोल्न पाइन्छ भन्ने दाबीको खण्डन गर्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् ।

‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?,’ उनले प्रश्न गरेका छन् ।

आवाज उठाउँदा जनताको मुख थुनिएको भन्दै लिङ्देनले आक्रोश पोखेका छन् ।

‘प्रधानमन्त्रीज्यू, चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको बातावरण बनाउनुहोस् । जो सम्भव छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन् । जो तपाईं स्वयम्लाई सबैभन्दा राम्रो थाहा छ ।’
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०६:४३
प्रतिक्रिया दिनुहोस्