Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु, कहाँ–कहाँ हुँदैछ पुनः निर्वाचन ?

बुधबार, चैत ८, २०७९

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ ।

उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजदेखि दल दर्ता गर्नसक्ने निर्वाचन आयोगले जनाएको छ ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा आगामी वैशाख १० गतेका लागि तय भएको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुन लागेको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेको थियो । त्यसपछि रिक्त रहेको चितवन–२ मा पुनः निर्वाचन हुन लागेको हो ।

यस्तै, तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको सो स्थानमा समेत उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, जनता समाजवादी पार्टीका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् । खाली रहेको सो क्षेत्रमा पनि उपनिर्वाचन हुँदैछ । 


 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्