Nic Ad Nic Ad
Nic Ad Nic Ad

एम्बाप्पे फ्रान्सको कप्तान नियुक्त

बुधबार, चैत ८, २०७९

काठमाडौँ– फ्रान्स राष्ट्रिय फुटबल टोलीको कप्तानमा केलियन एम्बाप्पे नियुक्त भएका छन् ।

२४ वर्षीय फरवार्ड एम्बाप्पेलाई फ्रेन्च फुटबल संघ (एफएफएफ)ले मंगलबार नयाँ कप्तान नियुक्त गरेको हो । 

कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि फ्रान्सले कप्तानको पद रिक्त थियो । सो स्थानमा एमबाप्पेलाई जिम्मेवारी प्रदान गरिएको हो ।

यस्तै, उपकप्तान रहेका राफायल भारानले पनि यसअघि न सन्यास लिएपछि एम्बाप्पेको बाटो सहज भएको बताइएको छ ।

एम्बाप्पेले सन् २०१७ मा सिनियर टाेलीमा डेब्यू गरेका थिए । त्यसयता उनले फ्रान्सका लागि ६६ खेल खेल्दै ३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

यसबीचमा एम्बाप्पेले विश्वकपको उपाधि जितिसकेका छन् । 

एफएफएफले सिनियर खेलाडी एन्डोइन ग्रिजम्यानलाई उपकप्तान बनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्