Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँकमा ३३/११ केभीको सबस्टेसन सुरु

बुधबार, चैत ८, २०७९

तनहुु –तनहुँमा ३३/११ केभीको सराङघाट सबस्टेसन सञ्चालनमा आएको छ । 

बन्दीपुर गाउँपालिका–६ मा निर्माण भएको सराङघाट सबस्टेसन सञ्चालनमा आएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडीबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुस्वाले संयुक्त रूपमा सबस्टेसनको उद्घाटन गरेका हुन् । 

आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । 

प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु्¥याउने १९ किलोमिटर लामो ३३ केभीलाइन पनि निर्माण पूरा भएको छ । यसमध्ये १ हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । 

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । 

आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् । 

सराङघाट सबस्टेसनमा ६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका ३ फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको हो । 

सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति सुरु भएको छ ।

२ वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग मङ्सिर २०७५ सालमा ठेक्का सम्झौता भएको थियो । 

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

आयोजनाबाट २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार