Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ ‘प्रसाद २’ को ट्रेलर

बुधबार, चैत ८, २०७९

काठमाडौं –चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ ।

लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन छ । फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरूको बैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ । 

अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

यो फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुनेछ । सार्वजनिक ट्रेलरमा राजनीतिक र सामाजिक कथालाई उठान गरिएको छ ।

एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो। ‘प्रसाद’ बक्स अफिसमा हिट भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्