सरकारविरुद्ध किसान संगठनहरूको प्रदर्शन [तस्बिरमा]
६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् ।
लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नु पर्ने उनीहरूको माग छ ।
किसानमाथि भएको ज्यादती, चर्काे ब्याजदर, किसानको ५९ सूत्रीय माग, स्थानीय किसानलाई संरक्षण गुनृ पर्ने, क्रान्तिकारी वैज्ञानिक भूमिसुधार लागू गर्नसहितका माग किसान संगठनहरूले गरेका छन् ।
माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरुले प्रदर्शन गरेका हुन् ।