Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओडिआई वरीयतामा नेपाल एक स्थान उक्लियो

बुधबार, चैत ८, २०७९

काठमाडौँ– पछिल्लो समय लयमा रहँदै आइसिसी क्रिकेट विश्वकप छनोटको अन्तिम चरणमा पुगेको नेपाल राष्ट्रिय क्रिकेट टोलीले आइसिसी एकदिवसीय (ओडिआई) वरीयतामा सुधार गरेको छ । सुधार गर्दै नेपाल एक स्थान माथि उक्लिएको छ ।

आइसिसीले बुधबार जारी गरेको ओडिआई वरीयतामा नेपालले एक स्थान सुधार गर्दै नामिबियालाई पछि पारेको छ ।

नेपाल एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ । नेपालले ओमानलाई पछि पारेको हो । ओमान भने १६औँ स्थानमा झरेको छ ।

गत हप्तामात्रै नेपाल १७औँ स्थानबाट १६औँ स्थानमा उक्लेको थियो ।

जारी क्रिकेट विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओडिआई मान्यता जोगाइसकेको छ ।

नेपालले लिग–२ मा पछिल्ला १२ खेल खेल्दा ११ मा जित हासिल गरेको थियो ।

एसोसिएट राष्ट्रहरूमध्ये नेपालभन्दा अघि अब स्कटल्यान्ड र नेदरल्यान्ड्स मात्र  छन् । 

ओडिआई वरीयताको शीर्ष स्थानमा भारत छ भने दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्युजिल्यान्ड छन् ।

हेरौँ वरीयता :

Capture1679473003.JPGCapture1679473003.JPG

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्