साफ यू–१७ महिला फुटबलमा नेपाल र भुटान भिड्दै
काठमाडौं –साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बुधबार भुटानसँग भिड्दै छ ।
बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समयानुसार राति सवा ७ बजेपछि सुरु हुनेछ ।
नेपाल यो खेलमा भुटानलाई हराउँदै च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्न चाहन्छ । नेपाली टोलीको कप्तानी दीपा रोकायाले गर्नेछिन ्।
पहिलो खेलमा भारतसँग ४–१ गोल अन्तरले हारेको नेपालले भुटानलाई हराउन चाहन्छ ।
उता पहिलो खेलमा बंगलादेशसँग ८–१ को फराकिलो हार बेहोरेको भुटान बलियो टोली नेपाललाई हराउने योजनामा हुनेछ ।
यस्तै बुधबार नै हुने पहिलो खेलमा बंगलादेश र रसिया भिड्नेछन् । यो खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १४:४८
प्रतिक्रिया दिनुहोस्