Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेशसभा बैठक चैत १० गतेका लागि स्थगित

बुधबार, चैत ८, २०७९

हेटौँडा –बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी स्थगित भएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि बैठक सारिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जनाए । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबीच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनले जानकारी दिए ।

बुधबार नै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।

बुधबार नै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको तर त्यसअघि केही विषयमा छलफल गर्न आवश्यक रहेको ठहर गरेको थियो । कांग्रेसले चैत १० मा प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्रीलाई प्रस्तावसमेत गरेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले समामुखसँग भेट गरी बैठक स्थगित भएको घोषणा गर्न सुझाव दिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्