Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविलाई सरकारले उनमुक्ति दियो : राष्ट्रिय जनमोर्चा

बुधबार, चैत ८, २०७९

काठमाडौँ –राष्ट्रिय जनमोर्चाले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सफाइ दिएकोमा आपत्ति जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि उनलाई सफाइ दिएकोमा आपत्ति जनाएका हुन् । ‘रवि लामिछानेले अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन’, केसीले भनेका छन्, ‘नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ ।’

उनले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उनीमाथि कानुनतः मुद्दा चल्नुपर्ने बताएका छन् । ‘तर रवि लामिछानेलाई सफाइ दिने कार्य भयो । सफाइका दिनुका पछाडि कुनै कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो । रवि लामिछानेको पार्टीबाट विश्वासको मत प्राप्त गर्न नै प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई दबाब दिएर उनलाई सफाइ दिने निर्णय गरेका हुन्, जुन सरासर गलत छ’, जनमोर्चाले भनेको छ । 

राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको विरोध गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको दावी जनमोर्चाको छ । ‘त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा थाहा हुँदा हुँदै पनि सरकारले विश्वासको मत लिनका लागि उनीप्रति अपनाएको नीति भत्र्सनायोग्य छ’, जनमोर्चाको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्