Nic Ad Nic Ad
Nic Ad Nic Ad

चरित्रमा बाच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र प्रदर्शन हुँदै

बुधबार, चैत ८, २०७९

काठमाडौँ– चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’को लागि उनले केश मुण्डन (कपाल खौरिएको) गरेकी थिइन् । एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ । पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ । 

‘मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु’, अभिनेत्री पन्तले भनिन्, ‘म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु ।’ यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ ।

आज आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिइन् । ‘बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ । कलात्मक शैलीमा यसको निर्माण गरिएको छ । बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो’, अभिनेत्री पन्तले भनिन् । 

बहावको छायाङ्कनमा उनी सुगासँग नजिकिनु भएको छ । उनले भनिन्, ‘कार्यशालादेखि नै सुगासँग भए ।  एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन । म अन्योल भएँ र डराएँ ।  यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ ।’ एकसाताकै अन्तरालमा उहाँको दुई चलचित्र प्रदर्शन हुँदैछन् । 

‘नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ’, अभिनेत्री पन्तले भनिन् । त्यसो त एउटै कलाकारकै दुई चलचित्र वैशाख १ मा प्रदर्शन हुँदैछ ।

अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदैछ । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्