Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री त्रिदेशीय कप : नेपालको विजयी सुरुवात

बुधबार, चैत ८, २०७९

काठमाडौँ– प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध सहज जित निकालेको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले हराउँदै सहज जित निकालेको हो । 

नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । खेलको ३१औं मिनेटमा  तामाङले नवीन लामाले हेडरमार्फत् गोल गरेका थिए भने श्रेष्ठले ५६ औं मिनेटमा ३५ यार्ड टाढाबाट आकर्षक गोल गर्न सफल भएका थिए । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रतियोगितमा नेपाल, लाओस र भुटान सहभागी छन् । अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ भने नेपाले चैत १४ गते भुटानसँग खेल्नेछ । प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । 

प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने बताइएको छ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याच खोडीलाई २ सय ५० अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । अनन्त र नवयुग

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्