Nic Ad Nic Ad
Nic Ad Nic Ad

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

बुधबार, चैत ८, २०७९

कावासोती– पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिँडेकी  देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरले जानकारी दिइन् ।

अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेल मैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट घाइते भएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष घर्तीमगरले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:३८
प्रतिक्रिया दिनुहोस्