नेभिगेशन
समाज विविध
आजको मौसम  :

देशका केही भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– आज दिउँसो कासी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी तीन प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता