नेभिगेशन
खेलकुद

सन्दीपले ओडिआई वरीयतामा चर्चित भारतीय बलरहरूलाई पछि पारे

काठमाडौँ– नेपाली बलर सन्दीप लामिछानेले चर्चित भारतीय बलरहरूलाई पछि पारेका छन् ।

एकदिवसीय (ओडिआई) क्रिकेट बलिङ तर्फको विश्व वरीयतामा लेग स्पिनर सन्दीपले भारतका कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सामीजस्ता बलरलाई पछि पारेका हुन् । 

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले हालै जारी गरेको वरीयतामा सन्दीप २२औँ स्थानमा परेका छन् । यादव २४, बुमराह २६ र सामी २८ औँ स्थानमा मात्र छन् । 

नेपालकै दीपेन्द्रसिंह ऐरी ५६औँ स्थानमा समेटिएका छन् ।

ओडिआईको पहिलो वरीयतामा अष्ट्रेलियाका जोस सजलवुड छन् । 

ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो स्थानमा रहँदा नेपाल कप्तान रोहित पौडेल ५७औँ र आसिफ शेख ५७औँ स्थानमा रहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद